• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    अल्जेरियाको मरुभूमिमा सिरियाली र आप्रवासीसहित २६ जनाको शव फेला

    363
    SHARES
    In this UGC photo Syrian Kurdish migrants wait for cars to arrive at a meeting point in a desert near the Libyan-Algeria border in the town of Debdeb, Algeria, on Monday, March 28, 2022. A growing number of Syrian Kurds are making the journey to Europe on a circuitous course that includes travel by car and plane across Lebanon, Egypt, Libya, Algeria, then finally by boat to Spain. (AP Photo)

    काठमाडाैँ  ।  अल्जेरियाको दक्षिणी मरुभूमि प्रान्त इलिजीमा १२ जना सिरियाली आप्रवासीसहित १४ जनाको शव फेला परेको छ । बेपत्ता भएका अरु पाँच जनाको खोजी भइरहेको अल्जेरियामा रहेको सिरियाली दूतावासले जनाएको हाे ।

    लिबियाबाट अल्जेरिया पुगेका उनीहरु मरुभूमिमा हराएपछि खोजी भएको थियो । दूतावासका बसेम फारुखले लिबियाका अधिकारीहरूले आप्रवासीलाई भाग्न सघाई अल्जेरिया पुर्‍याइएकाे आरोप लगाउनु भएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

    लिबियाका अधिकारीका गैरजिम्मेवारीपनले अझै धेरै सिरियालीहरू लिबिया छोडेर अल्जेरियातर्फ जाने र थप घटना  हुने भन्दै  फारुखले लिबियाकालाई सचेत हुन आग्रह गरेका छन् । यस भन्दा पहिले  सन् २०१६ मा पनि २२ जना  सिरियाली नाइजरबाट प्रवेश गरेर अल्जेरियाको मरुभूमिमा हराएका थिए । पछि उनीहरुलाई सेनाले उद्धार गरेको थियो ।

    सन् २०११ देखि सिरिया युद्धले ग्रस्त हुँदा अहिलेसम्म पाँच लाखभन्दा धेरै मानिसको ज्यान गइसकेको छ । यो बीचमा लाखौँ नागरिक विस्थापित भएका छन् । अर्थतन्त्र र पूर्वाधारमा पनि गम्भीर क्षति पुगेको छ ।

     

     

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ