• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सप्तकोशीमा जलसतह बढ्दै, खाेलिए ४१ ढाेका

    525
    SHARES

    काठमनडाैँ ।    सप्तकाेशी नदिकाे जलसतह बढेकाे छ । आइतबार आज बिहान ६ बजे गिरएकाे मापन अनुसार  काेशी ब्यारेजमा पानिकाे बहाव ३ लाख  १६ हजार अाठ सय क्युसेक पुगेकाे छ ।।सप्तकोशी जलमापन केन्द्रका अनुसार पानीको बहाव बढे पछि कोशी ब्यारेजका ५६ मध्ये ४१ वटा ढोका खोलिएका छन् ।

    सप्तकोशी जलमापन केन्द्रमा जलसतह सतर्कता पार गरेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तकोशी नदी किनारका बासिन्दालाई सुरक्षित रहन केन्द्रले अनुरोध गरेको छ ।कोशी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार काट्ने बित्तिकै सर्वसाधारणलाई सचेत गर्नका निम्ति खतराको संकेत रातो बत्ती बाल्ने गरिन्छ।

    पानीको बहाव एक लाख ५० हजार कट्दा पश्चिमतर्फ  र दुई लाख कट्दा पूर्वतर्फ रातो बत्ती बाल्ने गरिन्छ। पानीको बहाव तीन लाख काट्नासाथ मध्य भागमा पनि रातो बत्ती बाल्ने गरिएको छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ