• आज :

ताजा अपडेट

  • News Portal

    • आज :
    समाचार

    संघीय संसद अन्तर्गत प्रतिनिधिसभाकाे बैठक बस्दै, प्रधानमन्त्री प्रचण्डले प्रश्नकाे जवाफ दिने

    447
    SHARES

    काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने भएकाे छ । आजको बैठकमा प्रधानमन्त्री र सांसदहरुबीच प्रश्नोत्तर कार्यक्रमको कार्यसूची रहेको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन लागेका हुन् ।

    यसैगरी, आजको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम रहेको छ ।आज उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, कृषि तथा पशुपंक्ष विकास, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय अन्तर्गत मन्त्रीहरुले जवाफ दिनेछन् ।

    यस्तै, सञ्चार तथा सूचना प्रविधि, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत बजेटमा उठेका विषयमा सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ ।

     

    प्रतिक्रिया