• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    पार्टी बनाउन बालेनको ‘मिडनाइट मिटिङ’, कुमार बेनको घरमा क-कसलाई भेटे ?

    242
    SHARES

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले ‘मिडनाइट मिटिङ’ गरेका छन् । बालेनले बुधबार राति विभिन्न क्षेत्रका सक्रिय व्यक्तिहरूसँग लामो छलफल गरेका छन्। ललितपुरको कुपन्डोलस्थित व्यञ्जनकार कुमार बेनको निवासमा भएको यो भेटघाटले बालेनको भावी राजनीतिक योजना प्रष्ट देखिएक छ ।

    मेयर बालेनको सचिवालय स्रोतका अनुसार यी भेटघाटहरू प्रत्यक्ष निर्वाचन लड्न सक्ने सम्भावित पात्रहरूसँग केन्द्रित थिए। एक सहभागीका अनुसार नयाँ राजनीतिक दलको नाम, चुनाव चिन्ह र मूल दस्ताबेज लगभग टुंगो लागिसकेको छ।

    बालेनले सहरी योजना आयोगमा सहायक विज्ञका रूपमा नियुक्त गरेका सन्तोष गिरी नेतृत्वको टिमले पार्टीसम्बन्धी आवश्यक दस्ताबेज तयारी गरिसकेको बताइएको छ। बालेन निकट स्रोतका अनुसार जेनजी आन्दोलनपछि विकसित राजनीतिक माहोल र सुशासनको अपेक्षाले उनलाई दलको नेतृत्वमा आउन बाध्य बनाएको हो।

    ‘दस्ताबेज तयार छ, अब उपयुक्त टिम मिलाउने चरणमा छलफल भइरहेको छ,’ बालेन निकटका एक व्यक्तिले भने ‘मेयर बालेन आफैँ पार्टीको नेतृत्व गर्दा कति प्रभाव पार्न सक्छन् भन्ने बुझ्न विभिन्न क्षेत्रका व्यक्तिहरूसँग भेटिरहनु भएको छ। सुरुमा छुट्टाछुट्टै बोलाइए पनि पछि छलफल सामूहिक जस्तो बन्यो।’

    यस भेटघाटको संयोजनमा बालेनका निकट मित्र तथा महानगरका पूर्वाधार सल्लाहकार सुनिल लम्साल सक्रिय देखिएका थिए। प्रत्यक्ष चुनावका लागि सार्वजनिक छवि सकारात्मक भएका व्यक्तिहरूलाई प्राथमिकतामा राखेर बोलाइएको सहभागीहरूले बताएका छन्।

    छलफलमा डा. भगवान् कोइराला, राप्रपा नेता ज्ञानेन्द्र शाही, युवा अभियन्ता केपी खनाल, जेनजी फ्रन्टकी संयोजक रक्षा बम, अभियन्ता सागर ढकाल, पूर्व सचिव भीम उपाध्याय, विवेकशील साझाका पूर्व नेता मिलन पाण्डे सहभागी थिए। साथै कलाकार निश्चल बस्नेत, सञ्चारकर्मी सुरज सिंह ठकुरी, पत्रकार ऋषि धमला र सञ्चार उद्यमी कैलाश सिरोहियाको पनि उपस्थिति थियो।

    बालेनको यो ‘मिडनाइट मिटिङ’ केवल छलफल मात्र हो  नयाँ राजनीतिक पार्टीको सुरुवात ?

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ