• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    मोटरसाइकल दुर्घटनामा क्रिकेटर मिनष थापाको मृत्यु

    231
    SHARES

    विराटनगर । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक खण्डमा २७ वर्षीय थापाको मृत्यु भएको हो । उनी कोशी प्रदेशका राम्रा क्रिकेट खेलाडी हुन् ।

    विराटनगर एयरपोर्ट लाइनबाट गणेश चोकतर्फ जाँदै गर्दा थापाले चलाएको प्रदेश १-०२-०४२ प ८००२ नम्बरको मोटरसाइकल राति करिब पौने १ बजेतिर अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

    दुर्घटनामा गम्भीर घाइते भएका थापालाई उपचारका लागि कोशी अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । उनले विराटनगर किङ्सबाट पोखरा प्रिमियर लिग खेलिसकेका छन् । कोशी प्रदेशबाट उनले अन्य फ्रेन्चाइज लिगसमेत खेलेका छन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ