
काठमाडौँ । प्रहरीले जेनजी अभियन्ता निकोलस भुसाल, रविकिरण हमाल लगायतआधा दर्जनलाई पक्राउ गरेको छ । माइतीघरमा मिराज ढुङ्गाना नेतृत्वको समूहले गरेको प्रदर्शनबाट उमीहरु पक्राउ परेका हुन् ।
काठमाडौँ प्रशासनले माइतीघरमा सो समूहलाई प्रदर्शन गर्न अनुमति दिएको थिएन । जेनजी समूहले स्थानीय प्रशासनको अनुमति अवज्ञा गरेर प्रदर्शन गरेपछि भुसाल लगायतका अभियन्ताहरू पक्राउ परेका प्रहरीले जनाएकाे छ ।
आज सो समूहले देशव्यापी रूपमा शान्तिपूर्ण आन्दोलनको घोषणा गरेको छ ।



प्रतिक्रिया