• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति समाचार

    जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप्न सरकारलाई आग्रह

    291
    SHARES
    CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

    काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनाबारे जाँझबुझ गर्न गठित आयोगले एक महिना म्याद थप गर्न सरकारलाई आग्रह गरेको छ ।

    बुधबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीेसँग छलफल गर्दै आयोगका पदाधिकारीहरुले जाँचबुझ आयोगको म्याद एक महिना थप गर्न आग्रह गरेका हुन् ।

    पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा ५ असोजमा जाँचबुझ आयोग गठन भएको थियो । आयोगको म्याद तीन महिना तोकिएको थियो । म्याद सकिन लाग्दा पनि बयान लिने क्रम नै जारी रहेकाले आयोग पदाधिकारीहरुले थप समय माग गरेका छन् ।

    जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आयोगलाई काम गर्न केही समय अपुग भएकाले एक महिना थप गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गरेको जानकारी दिए ।

    जवाफमा प्रधानमन्त्री कार्कीले समय थप गर्ने जानकारी गराएको पनि उनले बताए । त्यस्तै कार्कीले अर्को साता पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्री लगायत राजनीतिक दलका नेताहरुलाई बयानमा बोलाउने तयारी भएको जानकारी पनि दिए ।

    जाँचबुझ आयोगले जेनजी घटनाका सम्बन्धमा सुरक्षा र प्रशासनका उच्च अधिकारीहरूको बयान लिइसकेको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ