• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    ओली पक्षद्वारा मतदानस्थलमै प्यानल सूची वितरण

    289
    SHARES

    काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानका क्रममा केपी शर्मा ओली पक्षले मतदानस्थलमै आफ्ना प्यानलका उम्मेदवारहरूको सूची वितरण गरेको छ।

    भृकुटीमण्डपस्थित मतदानस्थलमा मतदानका लागि लाइनमा बसेका प्रतिनिधिहरूलाई ओली पक्षका नेता–कार्यकर्ताले प्यानलको सूची बाँड्दै समर्थनको आग्रह गरिरहेका छन्।

    नयाँ नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल नेतृत्वको प्यानल प्रतिस्पर्धामा उत्रिएका छन्। प्रतिनिधिहरू मतदानका लागि लामबद्ध भएर पालो कुरिरहेका बेला ओली मतदानस्थलमा उपस्थित भएपछि मतदान सुरु गर्ने तयारी गरिएको छ।

    उता, ईश्वर पोखरेल पक्षका नेता तथा उम्मेदवारहरू भने यसअघि नै मतदानस्थल पुगिसकेका छन्। उनीहरू लाइनमा बसेका प्रतिनिधिहरूसँग भेटघाट गर्दै आफ्ना उम्मेदवारलाई मत दिन आग्रह गरिरहेका छन्। इलेक्ट्रोनिक भोटिङ प्रणालीमार्फत भइरहेको मतदानमा देशभरबाट आएका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ