• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    क्यानका निलम्बित महानिर्देशक अधिकारी कारागार चलान

    234
    SHARES

    काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । भक्तपुरको नलिन्चोक हेलिपोर्ट निर्माणमा अनियमितता भएको मुद्दामा अधिकारीलाई पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान गरिएको हो ।

    आइतबार विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले अधिकारीलाई थुनामा पठाउने आदेश दिएको थियो ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको नलिन्चोक हेलिपोर्ट निर्माणमो भएको भ्रष्टाचारमा उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

    उक्त मुद्दामा आइतबार विशेष अदालतमा थुनछेक बहसपछि अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएकोमा आइतबार नै डिल्लीबजार कारागार चलान गरिएको एक प्रहरी अधिकारीले जानकारी दिए ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ