• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    ९ बुँदे सहमति कार्यान्वयन र सरुवा निर्देशिका खारेज गर्न शिक्षक महासंघको माग

    190
    SHARES

    काठमाडौं । नेपाल शिक्षक महासंघले अघिल्लो सरकारसँग भएको ९ बुँदे सहमति कार्यान्वयन गर्न र सरुवा निर्देशिका खारेज गर्न माग गरेको छ । शिक्षामन्त्री महावीर पुनलाई महासंघको टोलीले भेटेर ती माग राखेको हो ।

    ‘सरुवा निर्देशिकाको खारेजी, गत बैशाखमा भएको ९ बुँदे सहमति कार्यान्वयनका लागि पत्राचार, स्थानीय भत्ताको उपलब्धता लगायतका विषयमा अविलम्ब निकास निकाल्न शिक्षा मन्त्रीलाई भनियो,’ महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने ।

    गत चैत–वैशाखमा शिक्षकहरुले काठमाडौंमा आन्दोलन गरेपछि सरकारसँग ९ बुँदे सहमति भएको थियो । सहमतिमा असार महिनाभित्रै शिक्षा ऐन जारी गर्ने लगायतका बुँदाहरु छन् ।

    तर ती सहमति कार्यान्वयन नभएको शिक्षकहरुको गुनासो छ । साथै २०८१ जेठमा जारी भएको सरुवा निर्देशिका व्यवहारिक नभएको भन्दै शिक्षकहरूले खारेजीको माग राखेका छन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ