• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    जनकपुरमा विवाहपञ्चमी महोत्सव – आज जानकीको टकोर, भोलि विवाह

    286
    SHARES

    जनकपुरधाम । सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको पाँचौँ दिन आज जानकीको मटकोर मनाइँदै छ ।

    आज दिउँसो जनकपुरधामस्थित धार्मिक तथा ऐतिहासिक गंगासागरमा परम्परागत रीति अनुसार जानकीको मटकोर गरिने कार्यक्रम गरिने जानकी मन्दिरका सह महन्त रामरोशन दास बैष्णवले जानकारी दिए ।

    बाजागाजा सहितको शोभायात्रासहित गंगासागरमा पुगेर मिथिली परम्परा अनुसार मटकोर गरिन्छ । मटकोरमा सीताको प्रतीक मानिने बालिकामार्फत विधि सम्पन्न गरिने चलन छ ।

    सो अवसरमा सयौं भक्तजनको उपस्थितिमा मटकोर गीत गाउँदै वातावरण भक्तिमय बन्ने गर्दछ । मटकोरपछि भोलि मंगलबार भगवान् राम र जानकीको डोला फेर गरी स्वयंवर तथा विवाहको मुख्य कार्यक्रम हुने छ ।

    मंसिर ४ गतेदेखि सुरु भएको विवाहपञ्चमी महोत्सवअन्तर्गत पहिलो दिन नगरदर्शन, दोस्रो दिन फूलबारी लिला, तेस्रो दिन धनुषयज्ञ र चौथो दिन तिलकोत्सव सम्पन्न भइसकेका छन् ।

    पाँचौँ दिन आज मटकोर र भोलि विवाहको मुख्य कार्यक्रम रहेको छ । जन्ती आएका साधु–सन्तहरूको बिदाइ ‘राम कलेवा’ गरी बुधबार विवाहपञ्चमी महोत्सव विधिवत सम्पन्न हुनेछ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ