• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अर्थ-विजनेस समाचार

    ४.९८ अंकले घट्यो सेयर बजार, ८ कम्पनीको मूल्य बढ्यो

    65
    SHARES

    काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ४.९८ अंक घटेको छ । अघिल्लो दिन १५ अंक बढेको थियो ।

    आजको कमीसँगै नेप्से परिसूचक २५६१ अंकमा झरेको छ । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब १० करोडको कारोबार भएकोमा आज ३ अर्ब ७७ करोडको भयो ।

    ७७ कम्पनीको मूल्य बढ्दा १७० को घट्यो भने ९ को स्थिर रह्यो । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.१६ प्रतिशत बढेको छ । त्यस्तै उत्पादन तथा प्रशोधन ०.४२ र व्यापार ०.३२ प्रतिशत बढे ।

    विकास बैंक समूह सबैभन्दा धेरै १.०९ प्रतिशत घट्यो । बैंकिङ ०.१६, फाइनान्स ०.६८, हाइड्रोपावर ०.१४, लगानी ०.४४, जीवन बीमा ०.५३, माइक्रोफाइनान्स ०.०८, निर्जीवन बीमा ०.५७ तथा अन्य समूह ०.४७ प्रतिशत घटे ।

    समग्र बजारको परिसूचक घट्दा पनि ८ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा माबिलुङ इनर्जी, दरमखोला हाइड्रो इनर्जी, सागर डिस्टिलरी, हिमस्टार ऊर्जा, बुंगल हाइड्रोपावर, सान्भी इनर्जी, बन्दीपुर केबुलकार र झापा इनर्जी छन् । यी सबै हालै सूचीकृत नयाँ कम्पनी हुन् । आईपीओ सूचीकृत भएपछि केही समय त्यस्ता कम्पनीको मूल्य उचालिने गरेको छ ।

    त्यस्तै स्वस्तिक लघुवित्तको ८.१८ तथा पियोर इनर्जीको मूल्य ६.९३ प्रतिशत बढेको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै ६.०३ प्रतिशत घट्यो । पिपुल्स हाइड्रोपावरको मूल्य ३.५८, ग्रिन डेभलपमेन्ट बैंकको ३.५१ तथा पिपुल्स पावरको ३.१८ प्रतिशत घट्यो ।

    आज धेरै कारोबार भएका पाँच कम्पनीमा बरुण हाइड्रोपावर, साहस ऊर्जा, राधि विद्युत्, युनियन हाइड्रोपावर र सिनर्जी पावर छन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ