धनुषा । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष **पुष्पकमल दाहाल ‘प्रचण्ड’**ले तोकिएको समयमै निर्वाचन हुनुपर्नेमा जोड दिएका छन्। जनकपुरमा मंगलबार पत्रकारहरूसँग कुरा गर्दै उनले सरकारले निर्वाचन तयारीलाई गम्भीरतापूर्वक लिनुपर्ने र त्यसका लागि आवश्यक वातावरण बनाउनुपर्ने बताए।
प्रचण्डले भने, “हिजो मात्रै संसदीय दलहरूसँग भएको छलफलले सरकार बिस्तारै निर्वाचनप्रति गम्भीर हुँदै गएको आभास त दिएको छ, तर अझै आवश्यक वातावरण बनेको छैन।” उनले स्मरण गराए कि अन्तरिम सरकारले निर्वाचन घोषणा गरेपछि त्यसमा केन्द्रित हुने निर्णय गर्ने पहिलो पार्टी माओवादी केन्द्र नै बनेको हो।
प्रचण्डका अनुसार जेएनजी आन्दोलनपछि सार्वजनिक रूपमा अपिल जारी गर्ने र काठमाडौं उपत्यका बाहिर मधेस प्रदेशमा कार्यक्रम आरम्भ गर्ने पनि माओवादी केन्द्र नै पहिलो पार्टी थियो। वामपन्थी एकता र ध्रुवीकरणबारे कुरा गर्दै उनले समाजवादी मोर्चामा रहेका पार्टीहरू एकता प्रक्रियातर्फ अघि बढेको जानकारी दिए। उनका अनुसार, “छठ पर्वपछि वामपन्थी एकताको नयाँ परिस्थिति देखिनेछ।”
प्रतिक्रिया