• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    मुक्तिनाथमा राखिने ३५ फिट अग्लो विष्णुको मूर्ति तयार हुँदै

    244
    SHARES

    काठमाडौं । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकास्थित प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथमा हाल विष्णु भगवानको विशाल मूर्ति निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । मूर्ति ३५ फिट उचाइको हुनेछ र निर्माण सम्पन्न भएपछि यो नेपालकै सबैभन्दा ठूलो विष्णु मूर्ति बन्ने बताइएको छ।

    निर्माण कम्पनी अरनिको स्टोन कार्भिङका धर्मराज शाक्यका अनुसार हालसम्म करिब ४० प्रतिशत काम सम्पन्न भइसकेको छ। उनका अनुसार मूर्ति ढुंगाबाट निर्मित हुँदैछ, जसका लागि आवश्यक ढुंगा काठमाडौंको चोभारबाट ल्याइएको हो। उक्त परियोजनाको सुरुवात तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ सालमा गर्नुभएको थियो। परियोजनाका लागि उद्योगपति शेष घले दम्पतीले ३ करोड ५० लाख रुपैयाँ लगानी गरेका छन्।

    मुक्तिनाथमा स्थापना हुन लागेको यो विष्णु मूर्ति मुक्तिनाथ मन्दिर र सोनाम लामाले निर्माण गरेको बुद्ध मूर्तिको बीचमा रहनेछ। दुई मूर्तिबीचको दूरी करिब २०० फिट रहेको छ। समुद्र सतहबाट ३,७१० मिटर उचाइमा रहेको मुक्तिनाथ क्षेत्रबाट चारैतिर फैलिएका हिमालहरूको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ, जसले यस क्षेत्रको धार्मिक तथा पर्यटकीय आकर्षणमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।

    मूर्ति स्थापनाका कार्यमा मुक्तिनाथ विकास समिति र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका दुवैको सहकार्य रहेको सोनाम लामाले जानकारी दिए। उनका अनुसार गाउँपालिकाले वडा अध्यक्ष र स्थानीयहरूसँग निरन्तर समन्वय र छलफल गर्दै काम अघि बढाइरहेको छ।

    उद्योगपति घलेका अनुसार विष्णु मूर्तिको स्थापनाको उद्देश्य मुक्तिनाथको धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्वलाई विश्वस्तरमा उजागर गर्ने हो। उनका भनाइमा, “यो परियोजनाले मुस्ताङको धार्मिक र सांस्कृतिक सम्पदालाई विश्वसामु चिनाउने कार्यमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ।”

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ