• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    संखुवासभाबाट सेनाको हेलिकप्टरमार्फत गर्भवतीको उद्धार

    207
    SHARES

    संखुवासभा । सुत्केरी हुने क्रममा स्वास्थ्य अवस्था जटिल भएपछि संखुवासभाको मकालु गाउँपालिका–३ की २९ वर्षीया सीता तामाङलाई सोमबार बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी विराटनगरस्थित कोशी अस्पताल पुर्‍याइएको छ।

    आइतबार बेलुका सुत्केरी पीडा बढेपछि तामाङ पाथिभरा स्वास्थ्य चौकी पुगेकी थिइन्। तर, स्वास्थ्य परीक्षणका क्रममा चिकित्सकहरूले नवजात शिशुको अवस्था जटिल भएको जनाउँदै तत्कालै विराटनगर पठाउन सुझाव दिएका थिए।

    त्यसपछि जिल्ला प्रशासन कार्यालयको समन्वयमा राष्ट्रपति हवाई उद्धार कार्यक्रमअन्तर्गत सोमबार बिहान मकालु–३ सिम्मास्थित शोभा आधारभूत विद्यालयको मैदानबाट सेनाको हेलिकप्टरमार्फत तामाङलाई उद्धार गरिएको हो।

    प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले भनिन्, “समयमै हवाई उद्धार भएकाले गर्भवती आमाको ज्यान जोगिएको हो।” विराटनगरस्थित कोशी अस्पतालमा अहिले तामाङको उपचार भइरहेको र उनको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पताल स्रोतले जनाएको छ।

    दुर्गम भेगका बासिन्दाका लागि राष्ट्रपति हवाई उद्धार कार्यक्रम र नेपाली सेनाको तत्परता जीवनरक्षक सावित भइरहेको स्थानीयवासीहरूले प्रतिक्रिया दिएका छन्।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ