• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    आज काग तिहार मनाइँदै, यमराजको सन्देशवाहक कागलाई दहीभात अर्पण

    195
    SHARES

    काठमाडौं । आज कार्तिक कृष्ण त्रयोदशीका अवसरमा काग तिहार देशभर मनाइँदैछ । यमराजका दूतका रूपमा मानिने कागलाई मीठा–मीठा खानेकुरा दिएर पूजा आराधना गर्ने परम्परा यस दिन रहिआएको छ । लोकविश्वास अनुसार, कागले यमराजकहाँ घर–परिवारका बारेमा सन्देश पुर्‍याउने भएकाले आजको दिन कागलाई खुसी पार्दा यमराजसमक्ष राम्रो सन्देश जाने विश्वास गरिन्छ । विशेषगरी दहीभात खुवाएमा शुभ फल प्राप्त हुने जनविश्वास छ ।

    नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार, आज आइतबार बिहान सूर्योदयका बेला त्रयोदशी तिथि परेकाले शास्त्रसम्मत रूपमा यही दिन काग तिहार मनाउनुपर्ने निर्णय गरिएको हो ।

    यस अवसरमा कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिरमा विशेष पूजाआराधना हुँदैछ । त्यसैगरी हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा हुने परम्परा छ, जहाँ कागको ठूलो मूर्तिको दर्शन गरिन्छ ।

    यसैबीच, यमयातनाबाट मुक्ति पाउने विश्वासका साथ परिवारका सदस्यका नाममा यम दीपदान गर्ने क्रम शनिबार साँझदेखि नै सुरु भएको छ । वैदिक सनातन परम्परा अनुसार यो दीप दक्षिण फर्काएर दान गर्नुपर्ने शास्त्रीय विधान छ ।

    यो वर्ष तिथिको घटबढका कारण सायंकालमा त्रयोदशी परेपछि यमपञ्चक शनिबार बेलुकीदेखि नै सुरु भएको पञ्चाङ्ग समितिले जनाएको छ ।

    त्यसैगरी, लक्ष्मीलाई स्थिर राख्ने विश्वासमा गरगहना र तामाका भाँडाकुँडा किन्ने धनतेरस पर्व पनि शनिबार नै मनाइएको थियो । यस दिन धन किन्ने परम्परा पुरा गरे लक्ष्मी घरमै स्थायी रूपमा बस्ने धार्मिक मान्यता रहेको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ