• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    काठमाडौँमा आजदेखि राहदानी आवेदन सेवा सुरु

    228
    SHARES
    CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

    काठमाडौँ । काठमाडौँमा जेनजी प्रदर्शनपछि स्थगित राहदानी आवेदन सेवा आजदेखि सुरु हुने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले मंगलबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट प्रवाह हुने राहदानी आवेदनसम्बन्धी सेवा बुधबारदेखि सुरु गर्न लागेको जानकारी दिएको हो ।

    काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी मुक्तिराम रिजालले आज बिहान ७ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म दुई सिफ्ट मार्फत राहदानी आवेदनसम्बन्धी सेवा प्रदान गर्न लागिएको जानकारी दिए।

    जिप्रका काठमाडौँले हाल सीमित आवेदन स्टेसनबाट सुरु गर्न लागेको उक्त सेवाका लागि आवेदन गर्न प्रत्येक दिन साँझ ५ः०० बजे अनलाइन आवेदन स्लट खुल्ने जनाएको छ ।

    राहदानीसम्बन्धी अत्यधिक सेवाग्राहीको चाप भएको र सीमित आवेदन स्टेसन भएकाले सेवाग्राही आवेदन फारममा उल्लेख भएकोवसमा समयमा उपस्थित भई सहयोग गरीदिन समेत काठमाडौँ प्रशासनले सबैलाई अनुरोध गरेको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ