• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    कैलालीमा युवकको विभत्स हत्या, टाउको बोकेर प्रहरी कार्यालय पुगे हत्यारा

    264
    SHARES

    धनगढी । कैलालीमा आपसी विवादका कारण एक युवकको विभत्स तरिकाले हत्या भएको छ। घटना घोडाघोडी नगरपालिका–८ मा शुक्रबार राति खाजा खाने क्रममा भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार सुर्खेतको चौकुने गाउँपालिका–३ घर भएका २८ वर्षीय केशरसिंह बुढाको धारिलो हतियार प्रयोग गरी घाँटी रेटेर हत्या गरिएको हो।

    डीएसपी सिंहले जानकारी दिएअनुसार, हत्यामा संलग्न घोडाघोडीकै १८ वर्षीय बलबहादुर बि.क. र १९ वर्षीय गंगा बुढा क्षेत्रीले घटना गरेपछि राति नै इलाका प्रहरी कार्यालय सुखड पुगेर आत्मसमर्पण गरेका हुन्। उनीहरूले हत्यापछि मृतकको टाउको बोकेर प्रहरीसमक्ष पुगेका थिए।

    प्रहरीका अनुसार ती तीन जना स्थानीय खाजा पसलमा बसेर मदिरा सेवन गरिरहेका थिए। सोही क्रममा विवाद चर्किएपछि बलबहादुर र गंगाले धारिलो हतियार प्रहार गरी बुढाको हत्या गरेका हुन्। घटनापछि इलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयका टोलीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ। शव घटनास्थलमै रहेको र सुर्खेतबाट मृतकका आफन्तहरू आउँदै गरेको प्रहरीले जनाएको छ।

    प्रहरीले घटनामा प्रयोग गरिएको हतियार बरामद गरेको र घटनाको विस्तृत अनुसन्धान अघि बढाइएको जनाएको छ। स्थानीयहरूले भने यो घटनाले समूू समाजलाई स्तब्ध बनाएको भन्दै कठोर कारबाहीको माग गरेका छन्।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ