• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    राष्ट्रपति पौडेलद्वारा दलहरूसँग निर्वाचनबारे व्यापक छलफल

    243
    SHARES

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न निर्वाचनका सन्दर्भमा सरकार र विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलहरूसँग आज बिहानदेखि शीतल निवासमा व्यापक परामर्श सुरु गरेका छन्। राष्ट्रपति कार्यालयका अनुसार छलफलमा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्री परिषद्का सबै सदस्यहरू सहभागी छन्।

    छलफलमा नेपाली कांग्रेस तर्फबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा, नेकपा एमाले तर्फबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल, नेकपा (माओवादी केन्द्र) तर्फबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र सचिव वर्षमान पुन सहभागी छन्।

    त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट कार्यवाहक सभापति डीपी अर्याल र सह–महामन्त्री विपिनकुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट प्रवक्ता ज्ञानेन्द्र शाही र मिना लामा, नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव धनश्याम भुसाल सहभागी छन्।

    यस्तै जनता समाजवादी पार्टी (जसपा) तर्फबाट रेणु यादव, जनमत पार्टी बाट डा. चन्द्रकान्त राउत र डा. जयकुमार राउत, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट ज्ञानेन्द्र झा र सर्वेन्द्रनाथ शुक्ला, नागरिक उन्मुक्ति पार्टी बाट रेशम चौधरी र नेपाल मजदुर किसान पार्टी बाट सुनिल प्रजापति छलफलमा उपस्थित रहेका छन्।

    राष्ट्रपति पौडेलले आगामी निर्वाचनको मिति निर्धारण, निर्वाचन प्रक्रिया तथा राजनीतिक सहमतिको आवश्यकताबारे सबै दलका विचार सुन्ने उद्देश्यले आजको बैठक आयोजना गरेको बताइएको छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ