• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    प्रधानमन्त्री र मैले गोली चलाउने आदेश दिएका थिएनौँ : रमेश लेखक

    325
    SHARES

    काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा निवर्तमान गृहमन्त्री रमेश लेखकले गत भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा गोली चलाउने आदेश आफू वा तत्कालीन प्रधानमन्त्रीले नदिएको दाबी गरेका छन्। शुक्रबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो स्पष्टोक्ति दिएका हुन्।

    लेखकले भने, “दुःखद घटना भएपछि म तत्काल गृहमन्त्री पदबाट राजीनामा दिएँ। आन्दोलनका क्रममा बल प्रयोग गर्ने विषयमा प्रधानमन्त्री र गृहमन्त्रीले आदेश गरेको भन्ने हल्ला फैलिएको छ, तर प्रधानमन्त्रीज्यू र मबाट गोली प्रहारको कुनै आदेश भएको छैन।”

    उनका अनुसार जेनजी आन्दोलनमा भएका अप्रत्याशित घटना घुसपैठका कारण भएका हुन्। “जेनजीहरूले राम्रा माग राखेर आन्दोलन गर्नुभएको थियो, तर केही घुसपैठका कारण नचाहिँदा घटनाहरू भए,” उनले भने, “त्यो घटना हुन नहुने थियो।”

    पूर्वगृहमन्त्री लेखकले देश संविधान र कानुन बमोजिम चल्नुपर्ने उल्लेख गर्दै, लोकतान्त्रिक मूल्य र पद्धतिको रक्षा सबै दलको साझा जिम्मेवारी भएको बताए। “लोकतान्त्रिक मूल्य र संस्थागत प्रणालीलाई जोगाउन सहकार्य, संवाद र सहमतिबाट जेनजीका मागलाई सम्बोधन गर्नुपर्ने” उनको भनाइ थियो।

    लेखकको भनाइलाई पछिल्ला राजनीतिक विश्लेषकहरूले जेनजी आन्दोलनपछि कांग्रेस नेतृत्वमाथि बढ्दो जनचाप र आन्तरिक आत्ममूल्यांकनको संकेतका रूपमा व्याख्या गरेका छन्।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ