• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    रास्वपाको सचिवालय बैठक आज बस्दै

    687
    SHARES

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ। असोज २२ गतेको बैठकको निरन्तरतामा आजको बैठक बोलाइएको हो।

    रास्वपाका अनुसार बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सुरु हुनेछ।

    आजको बैठकमा पार्टीको विस्तारित बैठकको एजेन्डा तथा व्यवस्थापन, विपद् व्यवस्थापनमा पार्टीको सक्रिय भूमिका, र आगामी अभियान तथा सद्भाव यात्राको कार्यसूचीबारे विस्तृत छलफल हुने बताइएको छ।

    रास्वपाले पछिल्ला राजनीतिक घटनाक्रम र पार्टीको संगठनात्मक सुदृढीकरण सम्बन्धी विषयमा पनि विचार–विमर्श गर्ने तयारी गरेको छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ