काठमाडौँ । माइतीघर मण्डलामा प्रदर्शन गर्न पुगेका १४ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा डा. निकोलस भुसाल र सञ्जीव दाहाल लगायतका प्रदर्शनकारी रहेका छन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रदर्शनका लागि अनुमति नदिए पनि उनीहरू माइतीघर मण्डलामा भेला भएका थिए। प्रहरीले अनुमति बिना प्रदर्शन गरेको भन्दै उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरी स्रोतका अनुसार जनजीका विभिन्न समूहहरूले आज माइतीघरमा प्रदर्शन गर्ने तयारी गरेको जानकारी पाएपछि काठमाडौं उपत्यकाको संवेदनशील क्षेत्र मानिने माइतीघर–नयाँ बानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको हो।
हाल सो क्षेत्रमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ। सुरक्षाकर्मीहरूले सम्भावित भिडन्त वा अवाञ्छित गतिविधि रोक्न पैदल गस्ती तथा निगरानी समेत बढाएका छन्।
प्रतिक्रिया