• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    मकवानपुरमा पनि बालेन र सुदनविरुद्ध जाहेरी

    467
    SHARES

    हेटौंडा । काठमाडौंमा सुरु भएको अनेरास्ववियु (अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन) को आन्दोलन अब मकवानपुरसम्म पुगेको छ। बुधबार अनेरास्ववियु मकवानपुरले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह र ‘हामी नेपाल’का संस्थापक सुदन गुरुङविरुद्ध अपराधिक उपद्रवको आरोपमा जाहेरी दिएको हो।

    अनेरास्ववियु मकवानपुरका संयोजक नवराज शर्मा पौडेलले मकवानपुर प्रहरी प्रमुख, प्रहरी उपरीक्षक सुवासचन्द्र बोहरालाई जाहेरी बुझाएका हुन्। तर, प्रहरीले उक्त जाहेरी दर्ता गर्न अस्वीकार गरेको छ।

    प्रहरी उपरीक्षक बोहराले “मकवानपुर घटनाको कार्यक्षेत्र नभएकाले जाहेरी दर्ता गर्न नमिल्ने” बताउँदै जाहेरी दर्ता अस्वीकार गरिएको जानकारी दिएका छन्। संयोजक पौडेलले भने सरकारी वकिल कार्यालयसँग कानुनी परामर्श लिएपछि थप कदम चाल्ने बताएका छन्। बोहराले यस विषयमा भोलि बिहान ११ बजे छलफलका लागि बोलाएको पनि पौडेलले जानकारी दिए।

    जाहेरीमा बालेन र सुदनविरुद्ध मुलुकी अपराध संहिता, २०७४ का दफा १७७, १७८, २४४ र २८५ अन्तर्गत अपराधिक उपद्रव सम्बन्धी मुद्दा दर्ता गर्न माग गरिएको छ।

    अनेरास्ववियुको आरोपअनुसार, भदौ २३ र २४ गतेका दिन ‘जेनजी आन्दोलन’का क्रममा बालेन र सुदनले विद्यार्थी तथा युवालाई उक्साएर सार्वजनिक र निजी सम्पत्तिमा क्षति पुर्‍याएको र मानवीय क्षति हुने गरी हिंसात्मक कार्यमा संलग्न गराएको दाबी गरिएको छ।

    यसअघि अनेरास्ववियु केन्द्रीय कमिटीले काठमाडौंमा पनि बालेन र सुदनविरुद्ध जाहेरी दिएको थियो। त्यसभन्दा अगाडि अनेरास्ववियुले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध पनि जाहेरी दर्ता गरेको थियो।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ