• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    मधेश सरकारबाट समर्थन फिर्ता लिँदै एमाले

    296
    SHARES

    जनकपुरधाम । नेकपा एमालेले मधेश प्रदेश सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेको छ। एमालेका प्रमुख सचेतक हरिनारायण महत्त्वका अनुसार आज दिउँसो ४ बजे प्रदेश प्रमुख समक्ष समर्थन फिर्ताको पत्र बुझाइनेछ।

    मुख्यमन्त्री सतीशकुमार सिंहले जेनजी आन्दोलनको क्रममा गत भदौ २४ गते फेसबुकमार्फत राजीनामा घोषणा गरेका थिए। तर, पछि उनले राजीनामाबाट पछि हट्दै संसद्‌को सामना गर्ने अडान लिएका थिए।

    उनकै यो कदमलाई लिएर एमालेले असन्तुष्टि जनाउँदै समर्थन फिर्ता लिने निर्णय गरेको हो।

    यसअघि जनमत पार्टीले पनि आफ्ना संसदीय दलको निर्देशन नटेरेको भन्दै भदौ ३१ गते नै समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएको थियो। त्यसअघि नेपाली कांग्रेसले समेत एक साताअघि नै समर्थन फिर्ता लिइसकेको छ।

    २०८१ जेठ २५ गते नेकपा एमाले, जनमत र लोसपाको समर्थनमा जनमतका सतीशकुमार सिंह मुख्यमन्त्री बनेका थिए। तर, हालको राजनीतिक समीकरणमा नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना बढेको छ।

    कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादवको नेतृत्वमा एमाले, कांग्रेस र जनमतबीच नयाँ गठबन्धनको सहमति भइसकेको स्रोतले जनाएको छ। तर, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले भने अहिलेसम्म स्पष्ट समर्थन नजनाएको बताइएको छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ