काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आज दिउँसो ३ बजे सचिवालय बैठक बस्दैछ। बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने प्रवक्ता मनिष झाले जानकारी दिएका छन्। उनका अनुसार, बैठकमा चार मुख्य एजेन्डामाथि छलफल हुनेछ। तीमध्ये बिस्तारित बैठकको कार्यसूची तथा व्यवस्थापन प्रमुख विषय हुनेछ।
झाले बताएअनुसार बैठकमा विपद् व्यवस्थापनमा पार्टीको सक्रिय भूमिका, आगामी राजनीतिक तथा संगठनात्मक अभियान, र सद्भाव यात्रासम्बन्धी कार्यसूचीबारे समेत विस्तृत छलफल हुनेछ। यसअघि असोज ७ गते बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले बिस्तारित बैठकको तयारी गर्ने निर्णय गरेको थियो।
सो बैठकले आगामी २१ फागुनमा हुने निर्वाचनका लागि वाचा पत्र लेखन समिति गठन गरेको थियो, जसको नेतृत्व उपसभापति डा. स्वर्णिम वाग्लेले गरिरहेका छन्। प्रवक्ता झाले भने, “हामी चुनावी तयारीमा जुटिसकेका छौं, वाचा पत्र लेखन कार्य जारी छ।”
आजको बैठकले चुनावी तयारी र संगठन सुदृढीकरणका विषयमा समेत ठोस निर्णय गर्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया