• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    कीर्तिपुर नगरपालिकाले नयाँ भवनबाट थाल्यो सेवा प्रवाह

    264
    SHARES

    काठमाडौं । कीर्तिपुर नगरपालिकाले नयाँ भवनबाट सेवा प्रवाह सुचारु गरेको छ । भदौ २४ गतेको जेन जी आन्दोलनले नगरपालिकाको प्रशासनिक भवन पूर्ण रुपमा क्षति भएपछि नयाँ भवनबाट सेवा सञ्चनालनमा ल्याएको हो ।

    कीर्तिपुर नगरपालिका नगरप्रमुख कृष्णमान डंगोल मंगलवारदेखि नगरपालिकाको नयाँ भवनबाट सेवा सञ्चालनमा ल्याएको जानकारी दिए ।

    उनले नगरपालिकाले कोभिड—१९ को समयमा आइसोलेशन बनाएको भवनबाट अस्थायी रुपमा सेवा सञ्चालन गर्न थालेको बताए । बुधबारदेखि सम्पूर्ण सेवा यही भवनबाट आउने उनको भनाइ छ । उनले आपतकालिन सेवा भने नगरपालिकाले भदौ २७ गतेदेखि नै सञ्चालनमा ल्याएको पनि जानकारी दिए ।

    यसअघि पर्यटन सूचना केन्द्रवाट सेवा दिइरहेको भएपनि काम गर्न अफ्ठ्यारो भएको उनले बताए । नगरप्रमुख डंगोलले नगरपालिकाको पुरानो भवन आगलागीले पूर्णरुपमा जिर्ण भएको पनि बताए ।

     

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ