• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    दार्चुलामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

    252
    SHARES

    धनगढी । दार्चुलामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। महाकाली नगरपालिका–६ को भित्री सडकखण्डमा आइतबार साँझ बागमती प्रदेश ०३–००१ ज ०२०६ नम्बरको जिप दुर्घटना भएको हो।

    दुर्घटनामा सोही ठाउँका २८ वर्षीय नरेश बहादुर पालको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराका अनुसार घाइते अवस्थामा अस्पताल पुर्‍याइएका पालको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो।

    डीएसपी जोराले बताए अनुसार उक्त जिपमा चालकसहित १० जना सवार थिए। तीमध्ये ६ जनाको अवस्था गम्भीर रहेकाले उनीहरूलाई थप उपचारका लागि धनगढीस्थित अस्पतालमा रेफर गरिएको छ। बाँकी सामान्य घाइतेहरू प्राथमिक उपचारपछि घर फर्किएका छन्।

    दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सडक संकुचित र उकालो भएकाले जिप अनियन्त्रित भएको प्रारम्भिक अनुमान गरिएको छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ