• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    आजको मौसम पूर्वानुमान : कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

    381
    SHARES

    काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहिरहेकाले विभिन्न प्रदेशमा बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार आज दिनभर कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहनेछ भने बाँकी प्रदेशका अधिकांश भागमा आंशिक बदली रहनेछ । यसैगरी कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको विभागको पूर्वानुमान छ ।

    आज राति पनि कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहने अनुमान गरिएको छ । साथै, ती प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    मौसम विज्ञहरूका अनुसार हाल भारतको बिहार र उत्तरप्रदेश हुँदै मनसुनी वायु सक्रिय रहेकोले नेपालको पूर्वी र पश्चिमी भू–भागमा निरन्तर आर्द्रता प्रवेश भइरहेको छ । जसका कारण मध्यमदेखि भारी वर्षाको क्रम अझै केही दिन कायम रहन सक्ने अनुमान गरिएको छ ।

    विभागले पहिरो, बाढी र चट्याङको जोखिम हुने ठाउँका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । साथै, खेतबारी, सडक र नदी किनारमा आवत–जावत गर्दा सावधानी अपनाउन पनि अनुरोध गरिएको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ