• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    मकवानपुरका दुई सडकमा राति सवारी आवागमन रोकिने

    369
    SHARES

    हेटौंडा । भारी वर्षाको पूर्वानुमानसँगै मकवानपुरका दुई प्रमुख सडक खण्डमा असोज २० गतेसम्म राति सवारी आवागमन रोक्ने निर्णय गरिएको छ।

    जिल्ला प्रशासन कार्यालय मकवानपुरले बिहीबार जारी गरेको सूचनाअनुसार कान्तिलोकपथ हुँदै हेटौंडाबाट ललितपुरतर्फ जाने सवारीलाई बेलुकी ४ बजेदेखि बिहान ६ बजेसम्म र हेटौंडाबाट भैसे हुँदै काठमाडौंतर्फ जाने सवारीलाई बेलुकी ५ बजेदेखि बिहान ६ बजेसम्म आवागमन नगर्न आग्रह गरिएको छ।

    जल तथा मौसम विज्ञान विभागले मध्यमदेखि भारी वर्षा हुने सम्भावना जनाएको छ। त्यसका कारण सम्भावित पहिरो, बाढी तथा डुबानबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न यस्तो व्यवस्था गरिएको प्रशासनले जनाएको छ।

    त्यसैगरी, प्रशासनले यात्रु तथा स्थानीयलाई अत्यावश्यक नभई सकेसम्म लामो दूरीको यात्रा नगर्न आग्रह गरेको छ। साथै, स्थानीय तहलाई पहिरो जोखिम क्षेत्र तथा नदी किनारका बस्तीमा उच्च सतर्कता अपनाउन निर्देशन दिइएको छ।

    प्रशासनले जिल्लामा रहेका सबै सुरक्षा निकाय, स्थानीय तह, टोल विकास समिति, स्वयंसेवक तथा साझेदार संस्थाहरुलाई प्रतिकार्य र पूर्वतयारीमा सक्रिय रहन समेत आह्वान गरेको छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ