• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    राष्ट्रिय सभाका पूर्वअध्यक्ष तिमिल्सिनाले फिर्ता गरे गाडी

    268
    SHARES

    काठमाडौं । राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफूले चढ्दै आएको संसद् सचिवालयको गाडी फिर्ता गरेका छन् ।

    सरकारले पूर्व पदाधिकारीसँग भएका सवारी लगायत अन्य सुविधा फिर्ता गर्न भनेपछि तिमिल्सिनाले आफूले चढ्दै आएको बा सी ३७३८ नम्बरको गाडी जिल्ला प्रशासन कार्यालय कास्की मार्फत फिर्ता गरेका हुन् ।

    उनले राष्ट्रिय सभाको पूर्व अध्यक्षको हैसियतले संघीय संसद् सचिवालयले उपलब्ध गराएको गाडी फिर्ता गरेको जानकारी दिएका हुन् । अध्यक्ष तिमिल्सिनाको कार्यकाल २० फागुन २०८० मा सकिएको थियो ।

    २०७४ सालमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित तिमिल्सना सोही वर्ष राष्ट्रिय सभाको अध्यक्ष भएका थिए । ६ वर्षे कार्यकाल सकाएर २०८० फागुन २० गते बिदा भएका हुन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ