काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
तर देशका धेरै स्थानहरूमा वर्षाको सम्भावना कम रहेको कारण सुख्खापन, आगलागी तथा बायु प्रदूषण बढ्दै जाने सम्भावना रहेको छ ।
यसबाट स्वास्थ्य, दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

आजको ट्रेन्डिङ
- १रवीन्द्र मिश्र र धवल शमशेर सम्पर्कविहीन, जिम्मा लिने वकिललाई ५० हजार जरिवाना
- २बन्द फिर्ता लिन यातायात व्यवसायी सहमत
- ३तरुण दलको लमजुङ अधिवेशनमा झडप : खुकुरी प्रहारबाट चारजना घाइते
- ४चार्टर्ड विमानमार्फत आज काठमाडौं आउँदैछन् अमेरिकाबाट डिपोर्ट भएका कम्तिमा ४० नेपाली
- ५आजको प्रतिनिधिसभा बैठकमा तीन विधेयकमाथि छलफल र प्रस्ताव, यस्तो छ कार्यसूची
विचार-ब्लगसबै
प्रतिक्रिया