काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले दुई प्रदेश अध्यक्षलाई पार्टीबाट निष्कासन गरेकी छन् । अध्यक्ष श्रेष्ठले गण्डकी प्रदेशका अध्यक्ष राजन गुरुङ र बागमती प्रदेशका अध्यक्ष दीपबहादुर योञ्जन तामाङलाई पार्टीबाटै निष्कासन गरेको पत्र पठाएकी हुन् ।
पत्रमा पार्टीका संस्थापक केन्द्रीय सदस्यहरू रामलाल डगौरा थारु र रमेश विश्वकर्मालाई कुटपिट तथा अभद्र व्यवहार गरेकोले निष्कासन गरिएको उल्लेख छ । सत्ता समीकरण फेरिएसँगै पार्टी अध्यक्ष रञ्जिता र संरक्षक रेशम चौधरीबीच विवाद बढेको छ । रन्जिताले वर्तमान सत्ता गठबन्धनलाई समर्थन गरे पनि उनका पति रेशम त्यसको विपक्षमा छन् ।
यही विवादको क्रममा सोमबार पार्टी केन्द्रीय कार्यालय अनामनगरमा रन्जिता र रेशम पक्षका नेताहरुबीच कुटाकुट भएको थियो । रेशम पक्षबाट कुटिएका मध्ये एक रमेशले सोमबार नै पत्रकार सम्मेलन गरी आफूहरुमाथि कुटपिट भएको र ज्यानको असुरक्षा बढेको बताएका थिए ।
लगत्तै रेशमले रञ्जिताकै कारण आफू आत्महत्याको तहमा पुगिसकेको भावनात्मक प्रतिक्रिया दिँदै पार्टी विभाजनको संकेत दिएका थिए । रेशमले पनि २३ र २४ गते बैठक बसेर कारबाहीको चेतावनी दिएका छन् ।


आजको ट्रेन्डिङ
- १अख्तियारले स्टिङ अपरेसन गर्न पाउने व्यवस्था ब्युँतियो
- २शिक्षक महासंघले गर्यो अनिश्चितकालीन आन्दोलन घोषणा, एसईई कापी जाँच नगर्ने चेतावनी
- ३विद्यार्थी हकहितका लागि मेरो उम्मेदवारी : यशोदा शाही
- ४प्रचण्डको अभिव्यक्तिले देशलाई पुन: हिंसामा धकेल्न खोजेको स्पष्ट हुन्छ : राप्रपा महामन्त्री राणा
- ५तीनकुनेमा टिपरले लियो मोटरसाइकल यात्रीको ज्यान
विचार-ब्लगसबै
प्रतिक्रिया