• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    आज देशका केही स्थानमा भारी वर्षा हुने सम्भावना

    159
    SHARES

    काठमाडौँ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा रहेकाले आज देशका धेरै भागमा वर्षाको गतिविधि सक्रिय हुने देखिएको छ। अरब सागर र बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाले पनि वर्षा बढाउने सम्भावना रहेको मौसमविद्हरूको भनाइ छ।

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सोमबार जारी गरेको बुलेटिनअनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहँदा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका साथै पहाडी भूभागका धेरै स्थानमा मध्यम वर्षा हुने अनुमान छ। त्यसमध्ये बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

    आज राति पनि देशभर सामान्य बदली रहनेछ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका साथै पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा हुने तथा कोशी र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ।

    महाशाखाले वर्षाका कारण पहिरो र गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम बढ्ने, साना–ठूला नदी–नालामा पानीको सतह उच्च हुन सक्ने र यातायात सेवा प्रभावित हुन सक्ने चेतावनी दिएको छ। साथै, प्रभावित हुन सक्ने क्षेत्रमा सतर्कता अपनाउन र आवश्यक पूर्वतयारी गर्न आग्रह गरिएको छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ