• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    चिन्नै नसकिएका ८ शवको डिएनए टेष्ट गरिने, २६ जनाको पोस्टमर्टम, २३ परिवारले बुझे शव

    173
    SHARES

    काठमाडौँ । जेन-जी प्रदर्शनीको क्रममा ज्यान गुमाएका ८ जनाको शव चिन्न नसकिने खालको रहेको छ। आठ जनाको डिएनए टेष्टमार्फत पहिचान गर्नुपर्ने टिचिङ अस्पतालले जनाएको छ।

    गोली लागेर मृत्यु भएका २६ जनाको शव पोष्टमर्टम भइसकेको छ। त्यसमध्ये सोमबारसम्म २३ जनाको शव परिवारले बुझेका छन्।

    भदौ २३ र २४ गतेको प्रदर्शनीको क्रममा मृत्यु भएका ४६ जनाको शव पोष्टमर्टमका लागि शिक्षण अस्पताल महाराजगन्जमा ल्याइएको थियो। प्रदर्शनको क्रममा देशभर ७२ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ।

    ‘अझै २० जनाको शव बाँकी छ। त्यसमध्ये ८ जनाको शरीर पूर्ण जलेको छ,’ टिचिङ अस्पतालको फरेन्सिक मेडिसिन विभागका प्रमुख गोपाल चौधरीले भने, ‘पूर्ण शरीर जलेकाहरू को-को हुन भनेर चिन्नै बाँकी छ। डिएनए टेष्ट गर्नुपर्छ।’

    उनका अनुसार शवको धेरैजसोको मृत्युको कारण खोज्न पोष्टमर्टम गर्ने गरिन्छ। तर पूर्ण शरीर जलेकाहरूको भने को हुन भनेर चिन्न पनि डिएनए गर्नुपर्नेछ।

    त्यस्तै, पोष्टमर्टम हुन बाँकी रहेकामध्ये ११ जनाको शवको सनाखत भइसकेको छ। तर परिवार सम्पर्कमा आइसकेका छैनन्। एक जनाको भने सनाखत हुन बाँकी छ।

    सोमबार बिहान बालुवाटारमा नवनियुक्त गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्याल, ऊर्जा तथा जलस्रोत सिँचाइ मन्त्री कुलमान घिसिङ, गृहसचिव गोकर्णमणि दुवडी र प्रधानमन्त्रीको टिममा रहेका डा. अभिषेक सिंहले छलफल गरेका छन्।

    उनीहरूले मृतकका परिवार, र जेनजी पुस्ताका प्रतिनिधिहरूसँग छलफल गरेका हुन्। पीडित परिवारले सरकारसँग शव घरसम्म पुर्‍याइदिनुपर्ने र दाहसंस्कार खर्च दिनुपर्ने लगायतका माग राखेका छन्। यसबारेमा अर्को मन्त्रिपरिषदको बैठकमा छलफल गरिने भएको छ।

    आइतबार प्रधानमन्त्री सुशिला कार्कीले मृतकलाई सहिद घोषणा गरी १० लाख रुपैयाँ परिवारलाई राहत दिने घोषणा गरेकी थिइन्।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ