
काठमाडौँ । साताको कारोबारको पहिलो दिन सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा २ लाख ७० हजार ६०० रुपैयाँ कायम भएको हो । जुन मूल्य हालसम्मकै उच्च हो ।
सुनको मूल्य २ लाख ७० हजार नाघ्दा चाँदीको मूल्य समेत ४ हजार ८३५ रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा २ लाख ६९ हजार ३०० रुपैयाँ थियो भने चाँदीको ४ हजार ५६५ रुपैयाँ थियो ।



प्रतिक्रिया