• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    ५ प्रदेशसभा सदस्य र ८ स्थानीय तहका पदाधिकारीले राष्ट्रियसभामा मत हाल्न नपाउने

    332
    SHARES

    काठमाडौँ । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा ५ प्रदेशसभा सदस्य र ८ स्थानीय तहका पदाधिकारीले मत हाल्न नपाउने भएका छन् ।

    निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बुधबार विज्ञप्ति जारी गर्दै त्यस्तो जानकारी दिएका हुन् ।

    विज्ञप्तिमा अदालतको आदेश बमोजिम पदमुक्त भएका एक जना र निलम्बनमा परेका चार जना गरी पाँच जना प्रदेशसभा सदस्य तथा स्थानीय तहका पदाधिकारीमध्ये निधन भएका एक जना र निलम्बनमा रहेका सात जना गरी ८ जना स्थानीय तहका पदाधिकारीले मतदान गर्न नपाउने उल्लेख छ ।

    निर्वाचनमा प्रदेश सभा सदस्य ५४५ जना र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख १४९८ जना गरी २ हजार ४३ जनाको प्रारम्भिक मतदाता नामावली स्वीकृत भएको विज्ञप्तिमा उल्लेख छ ।

    निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुने कानुनी व्यवस्था छ ।

    मतदातामध्ये प्रदेश सभाका सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ रहेको आयोगले जनाएको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ