• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    नेपाली कम्युनिष्ट पार्टीले देशैभर एकता सन्देश सभा गर्ने

    40
    SHARES

    काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले देशभर एकता सन्देश सभा सञ्चालन गर्ने भएको छ।

    आइतबार पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको नवगठित नेपाली कम्युनिष्ट पार्टीका उपलब्ध पूर्वपदाधिकारीहरूको बैठकले मंसिर ९ गतेदेखि प्रदेश, जिल्ला र पालिका तहमा ‘एकता सन्देश सभा’ आयोजना गर्ने निर्णय गरेको नेता झलनाथ खनालले जानकारी दिए।

    बैठकले पार्टी एकताको सन्देश जनतासम्म पुर्‍याउनका लागि अपिल प्रकाशित गर्ने र विशेष ‘अन्तर पार्टी निर्देशन’ जारी गर्ने निर्णय गरेको खनालले बताए। निर्देशनमा एकता सन्देश कार्यक्रमको मोडालिटीदेखि ब्यानरसम्मका स्पष्ट गाइडलाइन रहने उनले उल्लेख गरे।

    खनालका अनुसार उनीहरूको एकता कुनै भीडक-प्रतिस्पर्धा वा अरू दलविरुद्ध केन्द्रित अभियान नभई, जनतामा चेतना जगाउँदै समाजवादको दिशामा दृढतापूर्वक अघि बढ्ने अभियान हो।

    यसैबीच, अशोक राई र उपेन्द्र यादव नेतृत्वका समूहसँग पनि निरन्तर संवाद भइरहेको खनालले बताए। छिट्टै एकीकृत हुने आशा व्यक्त गर्दै उनले आफूहरूले निर्माण गरेको पार्टी सबै पुस्तालाई समेट्ने संरचनामा आधारित भएकाले “बुडा-बुडीको पार्टी” भन्ने भ्रम असत्य भएको स्पष्ट पारे।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ