• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    क्रान्तिकारी कम्युनिस्ट पार्टीको तेस्रो बैठक सम्पन्न, सीपी गजुरेल नयाँ महासचिव चयन

    238
    SHARES

    काठमाडौं। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक सम्पन्न भएको छ। बैठकले महासचिव मोहन वैद्य ‘किरण’ले स्वास्थ्य कारण देखाउँदै दिएको राजीनामा स्वीकृत गर्दै कार्यवाहक महासचिव सीपी गजुरेल ‘गौरव’लाई नयाँ महासचिवका रूपमा चयन गरेको छ।

    बैठकको सुरुवातमै महासचिव वैद्यले आफ्नो राजीनामा पत्र वाचन गरी सुनाउनुभएको थियो। स्वास्थ्य अवस्थाका कारण उहाँले भर्चुअल माध्यमबाट बैठकलाई सम्बोधन गर्दै जिम्मेवारी नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको थियो। उहाँले महासचिव पदबाट राजीनामा स्वीकृत गरिदिन आग्रह गर्नुभएको थियो, जसलाई बैठकले सर्वसम्मत रूपमा स्वीकृत गरेको हो।

    नव–नियुक्त महासचिव गौरवको अध्यक्षता तथा स्थायी समिति सदस्य सुदर्शनको सञ्चालनमा असोज २९ देखि कात्तिक १ गतेसम्म बसेको बैठकले पार्टीको राजनीतिक प्रतिवेदनमा विस्तृत छलफल गरी प्राप्त सुझावहरू समेटेर प्रतिवेदनलाई परिमार्जनसहित पारित गरेको छ।

    बैठकले जेन–जेड आन्दोलनपछि बदलिँदो राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिको समीक्षा गर्दै देशभक्त, गणतन्त्रवादी, जनवादी र वामपन्थी शक्तिहरूबीच संयुक्त मोर्चा निर्माणको पहल गर्ने निर्णय गरेको छ। साथै, स्वाधीन संयुक्त सरकार गठनको दिशामा व्यापक जनसंघर्ष सञ्चालन गर्ने नीति अघि सारिएको छ।

    महासचिव गौरवले बैठकले पारित गरेका थप निर्णयहरू चाँडै आधिकारिक वक्तव्यमार्फत् सार्वजनिक गर्ने जानकारी दिएक छन्।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ