• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    विपिन जोशीको शव भोलि काठमाडौं ल्याइँदै

    161
    SHARES

    काठमाडौं । इजरायलमा मारिएका कञ्चनपुरका विपिन जोशीको शव भोलि (सोमबार) नेपाल ल्याइँदै छ । परराष्ट्र मन्त्रालयका स्रोतका अनुसार जोशीको शव फ्लाई दुबईको विमानमार्फत् ल्याइने तयारी गरिएको हो । उक्त विमान दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंमा अवतरण गर्ने तालिका रहेको मन्त्रालयले जनाएको छ ।

    जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरू, परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू तथा उनका परिवारजन सहभागी हुने कार्यक्रम तय गरिएको छ । कञ्चनपुरका विपिन जोशी अध्ययनको सिलसिलामा इजरायल पुगेका थिए । सन् २०२३ अक्टोबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणका क्रममा उनी बन्धक बनाइएका थिए । त्यसयता उनको अवस्था अज्ञात रहँदै आएको थियो ।

    गत असोज २७ गते इजरायली अधिकारीहरूले जोशीको मृत्यु पुष्टि गरेका थिए । इजरायल र हमासबीच भएको युद्धविराम सम्झौतापछि बन्दी साटासाटका क्रममा हमासले विपिनको शव इजरायली सेनालाई हस्तान्तरण गरेको थियो ।

    पश्चात् गरिएको डीएनए परीक्षण र फरेन्सिक जाँचमा शव विपिनकै भएको पुष्टि भएको इजरायलस्थित नेपाली दूतावासका अधिकारीहरूले जानकारी दिएका छन् । फरेन्सिक प्रतिवेदन अनुसार जोशीको अपहरण भएताकै मृत्यु भएको पाइएको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ