• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सप्तरीमा गोली प्रहार गरी पुजारीको हत्या

    210
    SHARES

    सप्तरी । सप्तरी जिल्लाको बोदेबर्साइन नगरपालिका–८ काचनस्थित रजकपट्टीको कबिर बाबा मन्दिरका पुजारीको गोली प्रहार गरी हत्या गरिएको छ । ७३ वर्षीय पुजारी रामदुलार साहलाई आइतबार बिहान करिब २ बजे अज्ञात समूहले गोली हानेर हत्या गरेको पुजारी परिवारका सदस्य रामसुन्दर साहले जानकारी दिएका छन् ।

    स्थानीयका अनुसार मन्दिरको पूर्वतर्फ रहेको कुटीमा एक्लै बस्दै आएका पुजारी साहलाई राति अज्ञात समूहले कुटीबाट निकालेर सडकमा पिठ्युँतर्फ गोली प्रहार गरेको थियो । घटना भएको जानकारी पाएलगत्तै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि जिल्ला प्रहरी कार्यालय सप्तरी र इलाका प्रहरी कार्यालय कडरबोनाबाट प्रहरी टोली पुगेर घटनास्थलको मुचुल्का उठाई अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार घटनास्थलमा दुईवटा गोलीका खोका फेला परेका छन् । शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक गौतमकुमार केसीले जानकारी दिए ।

    उनका अनुसार घटना सीमावर्ती क्षेत्रमा भएको हुनाले शङ्कास्पद व्यक्तिहरूमाथि निगरानी र जाँच कडा पारिएको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ