• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    रौतहटमा खोलामा डुबेर दुई बालकको डुबेर मृत्यु

    290
    SHARES

    काठमाडौं । रौतहटको गरुडा नगरपालिका–५ शिवनगरमा शनिबार दिउँसो झाझ खोलामा नुहाउने क्रममा दुई बालकको डुबेर मृत्यु भएको छ।

    देवाही गोनाही नगरपालिका–३ घर भई हाल शिवनगरमा बस्दै आएका संजिव साहका १० वर्षीय छोरा निरज साह र उनका दाइ राजकिशोर साहका १० वर्षीय छोरा अर्जुन साहको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए।

    स्थानीयहरूले दुबै जनालाई खोलाबाट उद्धार गरी संजिवनी अस्पताल, शिवनगर पुर्‍याए पनि चिकित्सकहरूले दुबैलाई मृत घोषणा गरेका थिए। केही दिनअघि रौतहटकै गौर नगरपालिका–१ को सीमाक्षेत्र नजिकै बाढीको पानीमा डुबेर तीन बालिकाको मृत्यु भएको थियो।

    लगातारका यस्ता घटनाले स्थानीय क्षेत्रमा अभिभावक र बालबालिकाबीच सतर्कता अपनाउनुपर्ने आवश्यकता थप बलियो भएको छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ