• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    एमालेको ११औं महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा

    177
    SHARES

    काठमाडौँ । नेकपा एमालेले आफ्नो ११औं महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने निर्णय गरेको छ। बुधबारदेखि आजसम्म चलेको केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति तथा स्थल टुंगो लगाएको हो। प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार पार्टीको आगामी महाधिवेशन पोखरामा हुनेछ।

    बैठकमा अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको मितिसहितको राजनीतिक प्रतिवेदन पेश गरेका थिए, जसलाई बैठकले पारित पनि गरेको छ। तर, प्रतिवेदन पारित गर्ने क्रममा केही मतभेद देखिएको थियो। उपाध्यक्षहरू युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले प्रतिवेदनका केही अंशमा आपत्ति जनाउँदै प्रतिवाद गरेका थिए।

    एमालेको यो ११औं महाधिवेशनले नयाँ नेतृत्व चयनसँगै आगामी राजनीतिक दिशानिर्देश तय गर्ने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ