• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    जेनजी प्रदर्शनमा आगजनी भएका ४०१ प्रहरी कार्यालय पुनः सञ्चालनमा

    210
    SHARES

    जेनजी प्रदर्शनमा आगजनी भएका ४०१ प्रहरी कार्यालय पुनः सञ्चालनमा

    काठमाडौं । जेनजी प्रदर्शनका क्रममा आगजनी भएका प्रहरी कार्यालयमध्ये अधिकांश पुनः सञ्चालनमा आएका छन्। भदौ २४ गते उच्छृङ्खल समूहले आगजनी गरेको ४६५ मध्ये ४०१ वटा प्रहरी कार्यालय पुनर्स्थापना भइसकेको प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले जानकारी दिएका छन्।

    ७०औँ प्रहरी दिवसको अवसरमा आयोजित **‘अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रम’**मा बोल्दै आईजीपी खापुङले भने, “समुदाय स्तरबाट स्वतःस्फूर्त रूपमा ती कार्यालय पुनः सञ्चालनमा आएका छन्। सहयोगी हातहरू प्रति नेपाल प्रहरी नतमस्तक छ।”

    नेपाल प्रहरीमा हाल ७९ हजार ५४१ जना जनशक्ति कार्यरत रहेको उनले बताए। साथै देशभरका विभिन्न स्थानबाट ९३९ वटा नयाँ प्रहरी इकाई स्थापनाको माग प्राप्त भएको जानकारी पनि दिए। खापुङका अनुसार मागअनुसार प्रहरी सेवा विस्तार गर्न २५ हजारभन्दा बढी जनशक्ति थप आवश्यक पर्नेसमेत बताइएको छ।

    कार्यक्रमका क्रममा आईजीपी खापुङले प्रहरी संगठनप्रतिको जनविश्वास सुदृढ गर्न स्व–शुद्धीकरण र सुधारको आवश्यकता औंल्याए। उनका शब्दमा — “प्रहरीको व्यवहारमाथि उठ्ने प्रश्नहरूलाई नजरअन्दाज गर्न मिल्दैन। हामीले आफूलाई शुद्धीकरण गर्न जरुरी छ।”

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ