• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    रास्वपाको केन्द्रीय समिति बैठक आज पनि जारी

    223
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ। हिजोदेखि सुरु भएको बैठक दिउँसो १ बजेबाट निरन्तर हुने प्रवक्ता मनिष झाले जानकारी दिए।

    हिजोको बैठकमा प्रदेश सभापति र केन्द्रीय सदस्यसहित करिब आधा सहभागीले धारणा राखेका थिए। झाका अनुसार अझै करिब १० जना सदस्य तथा पदाधिकारीहरूले आफ्नो विचार प्रस्तुत गर्न बाँकी छ। त्यसपछि सम्बन्धित पदाधिकारीले जवाफ दिनेछन्।

    बैठकले पार्टीको सातवटा एजेण्डामाथि छलफल गरिरहेको छ। जसमा महाधिवेशन तयारी, संगठन र विभागीय संरचना, परिवर्तित राजनीतिक अवस्था, र आगामी प्रतिनिधि सभा निर्वाचनको रणनीति प्रमुख विषय रहेका छन्।

    आगामी फागुन २१ गतेका लागि निर्वाचनको मिति तोकिएको सन्दर्भमा बैठकलाई महत्त्वपूर्ण मानिएको छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ