• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    कारागार फर्किए टोपबहादुर रायमाझी

    773
    SHARES

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी कारागार फर्किएका छन्।

    जेनजी आन्दोलनको क्रममा गत भदौ २४ गते सुन्धारास्थित कारागारबाट निस्केका उनी दुई सातापछि पुनः कारागार प्रवेश गरेका हुन्। मंगलबार रायमाझी फर्किएको पुष्टि कारागार प्रशासनले गरेको छ।

    रायमाझीसँगै सुन्धारा कारागारबाट मात्र करिब ३३ सय कैदीबन्दी बाहिरिएका थिए भने देशभरका विभिन्न कारागारबाट झण्डै १४ हजार कैदीबन्दी भागेका थिए। तीमध्ये करिब आधा अहिले सम्म फर्किसकेका छन्।

    अमेरिका लैजाने भन्दै नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएको प्रकरणमा रायमाझीसहितका व्यक्तिविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। अदालतको आदेशअनुसार उनी पुर्पक्षका लागि कारागारमा थुनिएका थिए।

    यसै प्रकरणमा संलग्न भई सुन्धारा कारागारमै रहेका तत्कालीन सचिव टेकनारायण पाण्डे पनि आन्दोलनकै क्रममा कारागारबाट बाहिरिएका थिए। तर, उनी अहिलेसम्म नफर्किएको कारागार स्रोतले जनाएको छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ