• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सरकारले प्राधिकरणबाट हितेन्द्र शाक्यलाई हटायो, नयाँ कार्यकारी निर्देशकमा मनोज सिलवाल

    525
    SHARES

    काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाएको छ ।

    उनलाई जलतथा ऊर्जा आयोगको विशिष्ठ श्रेणीको पदमा सरूवा गरेर पूर्वउपकार्यकारी निर्देशक मनोज सिलवाललाई नयाँ कार्यकारी निर्देश बनाइएको छ।

    उनी हाल अन्तरिम सरकारका ऊर्जामन्त्री कुलमान घिसिङलाई हटाउने तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको निर्णयपछि २०८१ चैत ११ गते प्राधिकरणको कार्यकारी निर्देशक बनेका थिए।

    शाक्य त्यसअघि २७ माघ २०७७ मा पनि प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका थिए । तर २५ साउन २०७८ मा उनलाई हटाएर तत्कालीन शेरबहादुर देउवा नेतृत्वको कुलमानलाई नै कार्यकारी निर्देशक बनाएको थियो ।

    त्यसविरुद्ध शाक्यले दायर गरेको रिट सर्वोच्च अदालतमा विचाराधीन अवस्थामै हुँदा उनी अवकाशमा गएका थिए । तर केपी शर्मा ओली नेतृत्वको सरकारले प्राधिकरणको नेतृत्वमा फर्काएको ६ महिनामै हितेन्द्रले प्राधिकरण छाड्नुपरेको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ