काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच सिंहदरबारमा भेटवार्ता भएको छ । आइतबार सत्तारुढ दुई दलका नेताहरूबिच प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा भेटवार्ता भएको हो ।
प्रधानमन्त्री दाहालसँग भेट गरेपछि अध्यक्ष ओलीले भेटवार्ता भइरहने बताए । प्रधानमन्त्री र अध्यक्ष ओलीको भेटका क्रममा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पनि नियमित प्रक्रिया भएको प्रतिक्रिया दिए ।
भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । शनिबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा पुगेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भेटेको विषयमा पनि सामान्य कुराकानी भएको बताइएको छ ।
शनिबार सभापति देउवा र ओलीबिच बालकोटमा भेटवार्ता भएको थियो । जसकारण पनि सत्ता समीकरणमा फेरबदल हुन लागेको आशङ्का गरिएको छ ।


आजको ट्रेन्डिङ
- १अख्तियारले स्टिङ अपरेसन गर्न पाउने व्यवस्था ब्युँतियो
- २शिक्षक महासंघले गर्यो अनिश्चितकालीन आन्दोलन घोषणा, एसईई कापी जाँच नगर्ने चेतावनी
- ३विद्यार्थी हकहितका लागि मेरो उम्मेदवारी : यशोदा शाही
- ४प्रचण्डको अभिव्यक्तिले देशलाई पुन: हिंसामा धकेल्न खोजेको स्पष्ट हुन्छ : राप्रपा महामन्त्री राणा
- ५तीनकुनेमा टिपरले लियो मोटरसाइकल यात्रीको ज्यान
विचार-ब्लगसबै
प्रतिक्रिया