• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    वर्षापछि अाएकाे बाढीले मेलम्चीमा अस्थायी पुल बगायाे

    0.9K
    SHARES

     काठमाडाैँ । वर्षापछि आएको बाढीले मेलम्चीमा अस्थायी पुल बगाएको छ ।

    गएराति आएको बाढीले मेलम्ची नगरपालिका–११ स्थित फट्टेमा रहेको अस्थायी पुल बगाएको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिएका छन्  ।२०७८ सालको बाढीले पुल बगाएपछि सो स्थानमा ह्युमपाइप राखेर अस्थायी पुल बनाइएको थियो ।मेलम्ची बजार र मेलम्ची नगरपालिकाको वडा नम्बर ७ र ८ तथा पाँचपोखरी थाङपाल गाउँपालिकाका वडा नम्बर १ र २ तथा हेलम्बुका केही वडालाई अस्थायी पुलले जोडेको थियो ।

    पुल बगाउँदा वडाभित्र नै एक गाउँबाट अर्को गाउँ जान अहसज हुने भएको छ । मेलम्ची नगरपालिकाका प्रमुख तामाङका अनुसार वर्षा सुरु भएसँगै रातिको वर्षाले पुलमा क्षति पुगेको जनाउँदै अब ह्युमपाइप झिकेर सुरक्षित राखिने बताए ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ