• आज : २०८१ फाल्गुन, ३०

ताजा अपडेट

  • News Portal

    • आज : २०८१ फाल्गुन, ३०
    समाचार

    बागमतीसहित चार प्रदेशमा भारी वर्षाकाे सम्भावना, सतर्क रहन माैसमविदकाे आग्रह

       इमान्दार संवाददाता    २०८१ अषाढ ०७ गते   बिहान ०८:२४ बजे
    592
    SHARES

    काठमाडौँ । बागमतीसहित चार प्रदेशमा भारी वर्षाकाे सम्भावना रहेकोले सतर्क रहन  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

    हाल देशका पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको जनाएको छन्। यस्तै,देशका बाँकी भूभागमा स्थानीय वायु तथा भारतको बिहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

    महाशाखाका अनुसार अहिले कोशी, मधेश, बागमतीमा पूर्ण बदली तथा गण्डकी प्रदेशमा साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ ।

    कोशी, बागमती र गण्डकी प्रदेशका केही तथ सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । काठमाडौं उपत्यकामा रातिदेखि नै वर्षा जारी रहेको छ ।

    महाशाखाका अनुसार पूर्वी नेपालका सिराहा, उदयपुर, सप्तरी, धनकुटा, सुनसरी, मोरङ र झापा आसपासको क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    महाशाखाले यी क्षेत्रमा भारी वर्षा हुनसक्ने भएकाले उक्त क्षेत्र भएर बहने ससाना खोलाहरूमा आकस्मिक बहाब बढ्नसक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

    आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रहने छ ।

    कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै मधेश प्रदेशको थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै कोशी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

    प्रतिक्रिया