• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    माइतीघर मण्डलामा आज पनि जेनजीहरुको विरोध प्रदर्शन जारी

    208
    SHARES

    काठमाडौँ । काठमाडौँको माइतीघर मण्डलामा आज पनि जेनजीहरुले प्रदर्शन जारी राखेका छन् । जेनजीहरुको माग पूरा नभएको भन्दै सरकारविरुद्ध जेनजीहरुले प्रदर्शन गरेका हुन् ।

    यसअघि सोमबार भएको शान्तिपूर्ण प्रदर्शनमाथि सुशीला कार्की नेतृत्वको सरकारले दमन गरेको भन्दै संयुक्त जेनजी आन्दोलनले गम्भीर आपत्ति जनाएको थियो । सोमबार मिराज ढुङ्गाना नेतृत्वको जेनजी समूहले प्रदर्शन गरेको थियो ।

    संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुङ्गाना र आन्दोलन कमान्डर सुनिल सिंहले प्रेस विज्ञप्ति जारी गर्दै सरकार दमनमा उत्रिएको भन्दै आपत्ति जनाएका थिए ।

    जेनजी आन्दोलनका मागहरू पूरा नभएसम्म आन्दोलन अझ सङ्गठित र सशक्त रूपमा निरन्तर अघि बढ्ने उनीहरुले बताएका छन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ